एजेन्सी । ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको छ ।
संयुक्त राष्ट्र संघका अधिकारीहरुका अनुसार आगो ६ मिनेटमै निभाइएको थियो । पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि मानिसहरूलाई बाहिर निकालिएको थियो ।
धुवाँको असरका कारण १३ जना बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको सम्मेलन आयोजक समितिका अनुसार उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी भइरहेको छ ।
आगलागीका कारण सम्मेलन रोकिएको छ । वार्ताकारहरू जलवायु संकट सामना गर्न अन्तर्राष्ट्रिय प्रयास बलियो बनाउने समझदारी टुंग्याउने तयारी गरिरहेका बेला आगलागी भएको हो ।
आगलागीको कारण भने खुलेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
