शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

अब घरमै बसेर मतदाता नामावली दर्ता गर्न सकिने, कार्यालय धाइरहनु नपर्ने

काठमाडौं । अब राष्ट्रिय परिचयपत्रको ‘बायोमेट्रिक्स’ तथ्यांकका आधारमा मतदाता नामावली दर्ता हुने भएको छ । यसका लागि कार्यालय धाइरहनु पर्दैन । निर्वाचन आयोगलाई पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रका लागि भरेको बायोमेट्रिक विवरण उपलब्ध गराएपछि नागरिकलाई सहज भएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत दुई घाइते प्रकाश बोहोरा र मुकेश अवस्थीलाई अस्पताल बेडमै पुगेर उनीहरूको मतदाता परिचयपत्रका लागि फाराम भर्दै यो कामको सुरुवात गरे ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपराह्न सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बैठकले यो निर्णय गरेको थियो । प्रधानमन्त्रीको निर्णयलगत्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र आयोगका सूचना प्रविधि शाखाका कर्मचारीहरुले रातदिन काम गरेका थिए ।

 

सम्बन्धित समाचार

ताजा न्यूज