सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

उद्योगमन्त्री भन्छन–शहीद परिवारलाई रोजगारी दिनुहोला

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन्।

सोमवार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन्।

जेन-जी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरूका परिवारलाई रोजगार दिनसके उनीहरूलाई केही सहज हुने उनको भनाइ थियो।

यसका लागि उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने बताउँदै उनले युवाहरूको सीप विकासमा सबैभन्दा बढी आफ्नो ध्यान रहने पनि बताए।

वैदेशिक रोजगारीमा गएका युवाहरुलाई देश फर्केर देशभित्रै रोजगारी दिने वातावरण निर्माण गर्नमा आफ्नो जोड हुने उनले जानकारी दिए।

सम्बन्धित समाचार

ताजा न्यूज