काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ।
नेपालमा अन्तरिम सरकार बनेको एक सातापछि दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको हो।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट कार्कीले मोदीलाई फोन गरेर जन्मदिनको शुभकामनासमेत दिइन्।
वार्ताका क्रममा कार्कीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायत दुई देशबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरिन्।
भारतीय प्रधानमन्त्री मोदीले कार्कीलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिएका छन्।
भारतीय प्रधानमन्त्रीसँग टेलिफोन गरेकै दिन प्रधानमन्त्री कार्कीसँग अमेरिका र चिनियाँ राजदूतले भेटेका छन्।
