शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।

नेपाल आएका मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका समकक्षी ओलीलाई भ्रमणको निम्तो दिएका हुन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए । उक्त भेटमा ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए।

भारतीय प्रधानमन्त्रीको पत्र बोकेर आएका विदेश सचिव विक्रम मिश्रीले आइतबार दिनभर राजनीतिक नेतृत्वसँग भेटघाट गरे ।

बिहान ९ बजे भारतीय वायुसेवाको विशेष विमान ‘आईएफसी ३१’ मार्फत काठमाडौं आइपुगेका मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव मेहेन्द्र राजभण्डारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरे ।

विमानस्थलबाट सिधै बत्तिसपुतलीस्थित द्वारिका होटल पुगेका उनले सवा ११ बजे सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको औपचारिक भ्रमणको निम्तो पत्र हस्तान्तरण गरे । त्यसअनुसार, ३१ भदौदेखि उनले भारत भ्रमण गर्नेछन् ।

पहिले दुई दिन भ्रमण हुने भएपनि एकदिन लम्बिनसक्ने देखिएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, यसबारे औपचारिक रुपमा दुवै पक्षले एकसाथ सार्वजनिक घोषणा गर्ने भनिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज