शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्। बानियाले मंगलबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ६३ मत परेको छ।

प्रस्तावको विपक्षमा २२ मत र तटस्थमा ७ मत परेको छ। बागमती प्रदेश सभा ११० सदस्य भए पनि आजको बैठकमा ९२ जना उपस्थित भएका थिए।

मुख्यमन्त्रीले आफूमाथि विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा ६३ मत परेको र उक्त संख्या प्रदेश सभाको बहुमत भएको सभामुखले घोषणा गरेका थिए।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँ नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री बनेका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज