बिहि, कार्तिक ६, २०८३
19.1 C
Kathmandu

सौर्य एयरमा घाइते पाइलट शाक्यको मेरुदण्डको अपरेशन हुँदै

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन भैरहेको छ ।

एक चिकित्सकका अनुसार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको अपरेशनका लागि अपरेशन थिएटरमा लगिएको छ ।

त्यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने चिकित्सकले बताएका हुन् ।

अस्पतालका हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, फिजिसियनलगायत विशेषज्ञ चिकित्सकले उनको स्वास्थ्य जाँच गरीरहेका छन् ।

बुधबार काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज