शुक्र, कार्तिक ७, २०८३
13.1 C
Kathmandu

सौर्य एयरले गुमायो व्यवस्थापन टिमका चार उच्च अधिकारी

काठमाडौं । सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमाएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागरकुमार आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्मा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूचीमा उल्लेख गरीएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट उड्नासाथ जहाज दुर्घटनामा परेको हो । यो जहाज मर्मत परीक्षणका लागि पोखरा जाने क्रममा थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज