बिहि, अशोज १, २०८३
25.1 C
Kathmandu

९४.५३ अंकले बढ्यो नेप्से, २५ अर्ब ७७ करोड माथिको कारोबार…

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढेसँगै आइतबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । यस दिन २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

गएको साताको मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त दिनसम्म त्यो नयाँ रेकर्ड थियो ।

आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा बन्द भएको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ । १५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।

नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूक बढेको छ । लगानी, माइक्रोफाइनान्स र जीवन बिमा समूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज