बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

घट्यो सुन र चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । सुन र चाँदीको मुल्य घटेको छ ।
सुन तोलामा २ हजार ४ सय र चाँदी ५५ रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअनुसार आज छापावाल सुन १ लाख ४५ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन छापावाल सुन १ लाख ४७ हजार ४ सय, तेजाबी सुन १ लाख ४६ हजार ७ सय र चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन २ हजार ३७४ अमेरिकी डलर र चाँदी २७ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज