काठमाडौं । न्यायपरिषद् ‘राजनीतिक सिन्डिकेट’ मा परिणत भएको आरोप स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लगाउँदै यस संस्थाको औचित्यमाथि नै प्रश्न उठाए । सिंहले न्यायाधिश र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाको कल डिटेल सार्वजनिक गर्न समेत माग गरे ।
सिंहले कानुनमन्त्रीले न्यायालयमा विचाराधीन मुद्दाहरूमा हस्तक्षेप गर्ने गरी न्यायाधीशहरूलाई फोन गरेको प्रमाण आफूसँग रहेको दाबी गर्दै कल डिटेल्स सार्वजनिकीकरणको माग गरेका हुन् । सांसद सिंहले मन्त्री चौरासियामाथि गम्भीर आरोप लगाउँदै म गलत सावित भए सांसद पद त्याग गर्न तयार छु । न्याय परिषद् अब आवश्यक छैन, यो एउटा राजनीतिक सिन्डिकेट बनेको छ, सिंहको भनाइ छ ।
सांसद सिंहले उठाएको विषयले संसदभित्र नयाँ बहस जन्माएको छ । कानुनमन्त्री चौरासिया र न्यायालयबीचको सम्भावित सम्बन्ध, र त्यसले न्यायाधीशहरूको स्वतन्त्रतामा पार्ने प्रभावबारे संसदमा थप छलफल हुने सम्भावना छ।
कांग्रेसको आपत्ति
कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसकी सचेतक सुशीला थिङले कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा कांग्रेसको आपत्ति जनाइन् ।
न्याय परिषद् राजनीतिक सिन्डिकेट बनेको छ, सिंहको भनाइ
