काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । थापाको सचिवालयका अनुसार मधेस प्रदेश सरकारका विषयमा छलफल भएको हो।
हाल मधेस प्रदेशमा कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार छ। एमालेले गत असोज २५ गते कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
मधेस प्रदेशसभामा कुल १०७ सदस्य छन्। सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।
हाल प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जनता समाजवादी पार्टी (जसपा) नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५, जनमत पार्टीका १२, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक सदस्य छन्।
