काठमाडौं । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारी दिएका कांग्रेस नेताहरू महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न व्यस्त छन् । उम्मेदवारी दर्तासँगै मत माग्न व्यस्त बनेका उम्मेदवारलाई प्रचारप्रसारका लागि बुधबार दिनभरको समय दिइएको छ ।
बिहीबार बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
मतदानस्थल राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा तोकिएको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताले मतदान गर्न पाउनेछन् ।
खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।
प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्न पाउनेछन् । मतदान समाप्त भएपछि मतगणना गर्ने निर्वाचन समितिले जनाएको छ ।
