काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निरन्तर झरी परिरहेको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि झरी परिरहेको हो । झरी पर्ने क्रम आज र भोलि पनि जारी रहने मौसमविदहरुले बताएका छन् ।
मौसमविदहरुका अनुसार आज र भोलि पनि झरी पर्ने पूर्वानुमान छ । आइतबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने सम्भावना छ ।
निरन्तरको भरीले बाढी पहिरो र डुबानको समस्या हुनसक्ने भएकाले देशभर सावधानी अपनाउन नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ ।
