शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

जेनजी आन्दोलनको एक वर्ष पुरा, जेनजी शहीद दिवस मनाइँदै, नातावाद र भ्रष्टाचार अन्त्य चुनौतीपूर्ण

काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पुरा भएको छ । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले मंगलबार देशभरि सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन सुरु भएको २३ भदौलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै मंगलबार देशभरि सार्वजनिक बिदा दिएको हो ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन क्रमशः राज्य सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा र अवसरको असमानताविरुद्धको आवाजमा परिणत भएको थियो ।

२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।

दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी भएको थियो ।

जेनजी आन्दोलनपछि तयार गरिएको प्रतिवेदन कार्यान्वयनमा आउन सकेको छैन । अहिले पनि सुशासन कायम, नातावाद र भ्रष्टाचार अन्त्य चुनौतीपूर्ण रहेको सरोकारवालाहरू बताउँछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज