बुध, कार्तिक ५, २०८३
14.1 C
Kathmandu

राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । रूषतर्फ एक उपसभापति पदका लागि दुई जनाको दाबी थियो ।

तर, अर्का दाबेदार विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि वाग्ले निर्विरोध भएका हुन् । उम्मेदवारी फिर्ता लिएर श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका थिए ।

पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह–महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

खुला तर्फबाट ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । ५१ जना केन्द्रीय सदस्य भने सभापति लामिछानेले मनोनित गर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज