शुक्र, कार्तिक ७, २०८३
22.1 C
Kathmandu

करिब ४ लाखले मात्रै सदस्यता अद्यावधिक गरेपछि कांग्रेसले फेरि थप्यो म्याद

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको डिजिटल्ली अद्यावधिक गर्न दोस्रो पटक समय थप गरेको छ । अब जेठ २८ गतेसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न सकिने कांग्रेसले स्पष्ट पारेको छ ।

यसअघि कांग्रेसले वैशाख महिनाभर सदस्यता अद्यावधिक गर्ने निर्णय गरेको थियो । उक्त अवधिमा सदस्यता अद्यावधिकको काम सुस्त भएपछि जेठ २१ गतेसम्म म्याद थपिएको थियो ।

कांग्रेसका करिब साढे ८ लाख क्रियाशील सदस्यमध्ये हालसम्म करिब ४ लाखले मात्रै सदस्यता अद्यावधिक गरेका छन् । महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाइएको छ ।

१५ औँ महाधिवेशनका लागि नवीकरण गरेका क्रियाशील सदस्यले पनि अद्यावधिक गर्नुपर्ने अनिवार्य व्यवस्था गरे पनि पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षले त्यसलाई अवज्ञा गरिरहेको छ ।

गत पुसमा विशेष महाधिवेशन गर्नु अगाडि कांग्रेसले १५ औँ महाधिवेशनका लागि तयारी गरेको थियो । त्यस बेलासम्म कांग्रेसका ४ लाख ५० हजार क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेका थिए ।

१४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य करिब साढे ८ लाख थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज