शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै, जसपा र नेकपाको समर्थन

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिँदै छन् । मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची छ ।

मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु परेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत लिने निर्णय गरेको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ । मधेश प्रदेशसभामा हाल कायम रहेको १०२ जना प्रदेशसभा सदस्यमा मधेश प्रदेश सरकारलाई बहुमतका लागि ५२ जना प्रदेशसमा सदस्यको समर्थन आवश्यक पर्छ ।

अहिले पनि मधेश प्रदेश सरकारसँग सरकारमा सहभागी दलहरुको ६३ जना प्रदेशसभा सदस्यको समर्थन कायम छ ।

मधेश प्रदेश सरकारलाई काँग्रेसका २२, जसपा नेपालका २६ र नेपाली कम्युनिष्ट पार्टीका १५ जना प्रदेशसभा सदस्य छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जनमत पार्टीमा भने विवाद भएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज