शनि, कार्तिक ८, २०८३
22.1 C
Kathmandu

पूर्वगृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन, १५ दिनको समय

काठमाडौं । सेयर लगानी र अन्य सम्पत्तिको स्रोतमा प्रश्न उठेपछि राजीनामा दिएका पूर्वगृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष रहेको छानबिन समिति गठन गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिलाई पूर्वगृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज