सोम, अशोज ५, २०८३
25.1 C
Kathmandu

आज र भोलि हावाहुरीसहित वर्षाको आकलन, आइतबारबाट मौसममा सुधार आउने

काठमाडौं । पश्चिमी, न्यूनचापीय र स्थानीय वायु सक्रिय हुँदा बिहीबारबाट वर्षाका गतिविधि बढेका छन् । शुक्रबार र शनिबार हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकीका पहाडी भेग तथा हिमाली भूभागका धेरै स्थानमा शुक्रबार पानी पर्ने आकलन गरिएको छ । त्यस्तै, बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ ।

शुक्रबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । शनिबार कोशी, मधेश, बागमतीका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षाको आकलन छ ।

वर्षा गराउने प्रणाली शनिबार साँझबाट कमजोर हुनेछ भने आइतबारबाट मौसममा सुधार आउनेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज