बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

बजारमा ग्यासको हाहाकार, अब आधा ग्यास भरिएको सिलिन्डर पाइने

काठमाडौं । बजारमा ग्यासको हाहाकार भएसँगै उपभोक्ताले आधा भरिएको ग्यास सिलिन्डर पाउने भएका छन् । भारतबाट आयात हुने ग्यास परिमाण घट्न थालेपछि आयल निगमको निर्देशनमा उद्योगीले आधा ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने भएका हुन् । निगम सञ्चालक समितिको निर्णयअनुसार आधा सिलिन्डर ग्यासको मूल्य पनि आधा नै अर्थात् ९५५ रुपैयाँ तोकिएको छ ।

यसअघि ०७२ मा भारतले नेपाललाई नाकाबन्दी गरेका वेला पनि आपूर्ति घट्दा आधा भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको थियो । पूरा भरिएको सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ । अब आउने ग्यासमा ७.१ किलो ग्यास हुन्छ ।

हाल दैनिक खपत १३२ सिलिन्डर भए पनि भारतले विश्व बजारबाट आपूर्ति कम भएको कारण देखाउँदै नेपाल निर्यात गर्ने परिमाण पनि घटाउन थालेको छ । मुलुकभर दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । आपूर्ति सहजताका लागि आधा भरिएको ग्यास वितरण गर्दा दैनिक दुई लाख सिलिन्डर वितरण गर्न सकिने निगमको दाबी छ ।

आयल निगम स्रोतका अनुसार भारतबाट बुधबार र बिहीबार कम ग्यास आयात भएको छ । दैनिक कम्तीमा ११५ बुलेट ग्यास आयात हुने गरेकोमा पछिल्ला दुई दिन सय बुलेटभन्दा कम आयात भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज