बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

१६ वर्षीया इनिसाको बलात्कारपछि अत्यधिक रक्तस्रावले मृत्यु भएको पुष्टि

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि भएको अत्यधिक रक्तस्रावका कारण ज्यान गएको पुष्टि भएको छ । यौनांगमा गहिरो चोट देखिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको तथ्य शवको पोस्टमार्टम रिपोर्टले देखाएको हो ।

भेरी अस्पताल नेपालगन्जबाट फरेन्सिक विशेषज्ञ टोली सुर्खेत आएर पोस्टमार्टम गरेको थियो । टोलीले बुझाएको प्रारम्भिक रिपोर्टमा इनिसाको यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तस्राव भएको उल्लेख छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका– ६, बडाखोली स्थायी घर भई वीरेन्द्रनगर– १ बस्दै आएकी इनिसा २३ फागुनमा वीरेन्द्रनगर– ४ स्थित सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । लगत्तै उनलाई प्रादेशिक अस्पताल कालागाउँमा पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । वीरेन्द्रनगरकै उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्ने इनिसा बिहान ६ बजे ट्युसन पढ्न जाने भनेर घरबाट निस्किएकी थिइन् ।

जिप्रका सुर्खेतका अनुसार घटनामा संलग्न १६ वर्षीय एक किशोर घटना भएकै दिन पक्राउ परेका थिए । त्यसको भोलिपल्ट इनिसाको परिवारले सामूहिक बलात्कार भएको भन्दै अन्य तीन किशोरविरुद्ध पनि जाहेरी दिएपछि १५, १६ र १७ वर्षका उनीहरू पक्राउ परेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज