बिहि, कार्तिक ६, २०८३
25.1 C
Kathmandu

पूर्वबाट उदायो हर्क साम्पाङको श्रम संस्कृति पार्टी, प्रत्यक्षमा ३ सिटमा विजयी

काठमाडौं । रास्वपामा उर्लिएको जनउभारले देशभर पुराना दलका ‘किल्ला’ भत्काउँदा चार महिनाअघि मात्रै जन्मिएको हर्क साम्पाङको श्रम संस्कृति पार्टी भने पूर्वबाट उदाएको छ । धरान उपमहानगरपालिकाका निवर्तमान मेयर साम्पाङ नेतृत्वको दलले कोशी प्रदेशका २८ मध्ये तीन सिटमा जित निकालेको हो ।

कोशीमा रास्वपाले १६ सिट जित्दा कांग्रेस, एमाले र श्रम संस्कृतिले तीन–तीन सिट आफ्नो पक्षमा पारेका छन् । साम्पाङ आफैँ सुनसरी १ बाट निर्वाचित भएका छन् भने भोजपुरमा धु्रवराज राई र खोटाङमा आरेन राई विजयी भएका हुन् ।

समानुपातिकमा २८ लाख ५० हजार मतगणना हुँदा एक लाख ५५ हजार मत पाएको श्रम संस्कृति थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बन्ने सम्भावना पनि बलियो छ । तीन प्रतिशत थ्रेस होल्ड कटाउँदा उसले समानुपातिकमा कम्तीमा तीन सिट पाउँछ ।

श्रम संस्कृतिले रास्वपाको सुनामीअगाडि जित निकाल्दा ०७९ को चुनावमै मधेशबाट उदाएको सिके राउत नेतृत्वको जनमत र पश्चिम तराईको शक्ति बनेको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति भने निल भएका छन् । रेशमपत्नी रन्जिताले नागरिक उन्मुक्तिलाई नेकपासँग विलय गराए पनि रेशमले नयाँ दल नागरिक उन्मुक्ति नेपाल खोलेका थिए । तर, पश्चिम तराईका जिल्लामा रास्वपाले क्लिन स्विप गर्दा केही जोर चलेन ।

सम्बन्धित समाचार

ताजा न्यूज