बुध, कार्तिक ५, २०८३
16.1 C
Kathmandu

टी–20 विश्वकपमा वेस्ट इन्डिजविरुद्ध महत्वपूर्ण खेल खेल्दै नेपाल, जित्नैपर्ने दबाब

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ ।

नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा विहान सवा ११ बजेदेखि सुरु हुनेछ । समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण रहेकाले जित्नैपर्ने दबाब छ ।

वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ । नेपालविरुद्धको खेल जितेमा वेस्ट इन्डिज सुपर ८ मा पुग्नेछ भने नेपाल एक खेल अगावै बाहिरिनेछ ।

नेपाललाई दुवै खेल जितेर पनि पुग्ने अवस्था भने छैन । अन्य खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज