शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

सानेपामा कांग्रेस बैठक, सभापति गगन थापा भावी प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुमपा अघि सार्ने भएको छ।

बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पहिलो बैठक बस्न लागेको हो ।

यसअघि गगन थापाको सभापतित्वमा केन्द्रीय समिति बैठक कुपन्डोल र नयाँ बानेश्वरमा बसेको थियो ।

आजको बैठकका लागि विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेशका सभापतिहरूलाई बोलाइएको छ । पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएको थियो ।

सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ ।

केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति गगन थापालाई घोषणा जाने निर्णय गर्ने तयारी छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सभापति थापा सर्लाही ४ बाट उम्मेदवार बन्नुभएको छ ।

एमालेले अध्यक्ष केपी ओली र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज