आइत, कार्तिक ९, २०८३
16.1 C
Kathmandu

सभापतिमा निर्वाचित भएपछि गगनले भने–कांग्रेस गुट र परिवारवादबाट मुक्त भयो

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि गगन थापाले पार्टी परिवारवाद र गुटबाट मुक्त भएको बताएका छन् ।

सभापति चयन भएपछि प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले को कुन गुटबाट आएको भन्ने कांग्रेसले अब नचिन्ने बताए । ‘अब नेपाली कांग्रेस सबै खालको परिवारवादबाट मुक्त भयो। नेपाली कांग्रेस पार्टी सबै खालको गुटबाट पनि मुक्त भयो। आजबाट कांग्रेसमा कोही ६० पनि छैन, कोही ४० पनि छैन। हामी सबै एउटै हो। को कुनबाट आएको भन्ने कसैले कसैलाई चिन्दैन। सकियो गुट, मासियो गुट,’ उनले भने।

उनले गुट मासिनुपर्ने तमाम कांग्रेसीहरूको लामो समयदेखिको चाहना विशेष महाधिवेशनले पूरा गरेको बताए ।

उनले कांग्रेसको विशेष महाधिवेशनबाट नेपाली राजनीतिको नयाँ अध्याय प्रारम्भ भएको उद्घोष पनि गरे । थापाले तत्काल नै विशेष महाधिवेनलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने पनि बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज