आइत, कार्तिक ९, २०८३
16.1 C
Kathmandu

कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो । विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल निर्वाचित भएका छन् ।

महामन्त्रीमा प्रदीप पौडेल र गुरूराज घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, मुक्ताकुमारी यादव, प्रकाश रसाइली, डिला संग्रौला, बहादुरसिंह लामा, उदयशमशेर राणा, योगेन्द्र चौधरी र कर्ण बूढा निर्वाचित भएका छन् ।

सभापति शेरबहादुर देउवासँग आइतबार बिहानैदेखि भएको वार्ता सहमतिमा पुग्न नसकेपछि विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाउँदै नयाँ कार्यसमिति चयन गरेको हो ।

विशेष महाधिवेशन पक्षले देउवा पार्टीको सक्रिय भूमिकाबाट अलग हुनुपर्ने र कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरी थापाकै नेतृत्वमा चुनावमा जानुपर्ने प्रस्ताव राखेको थियो ।

देउवा र उनी पक्षका नेताहरू यो मागमा सहमति भएनन् । त्यसलगत्तै पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज