आइत, कार्तिक ९, २०८३
15.1 C
Kathmandu

निर्वाचनकेन्द्रित युवा परिचालन र जनप्रदर्शन गर्दै एमाले, क्षितिजलाई संयोजकको जिम्मा

काठमाडौं । एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै युवा परिचालन र जनप्रदर्शनसहितका कार्यक्रम तय गरेको छ । एमाले केन्द्रीय कमिटी बैठकले देशभर युवा परिचालनका लागि क्षितिज थेबेलाई केन्द्रीय संयोजक र समिक बडाललाई सहसंयोजक तथा सातवटै प्रदेशमा अलग–अलग संयोजक तोकेको छ ।

यस्तै, देशैभर युवा परिचालन र जनप्रदर्शनको कार्यक्रम तय गरेर चुनावी तयारीमा अगाडि बढिरहेको सचिव महेश बस्नेतले बताए ।

बागमतीमा एमालेले प्रदेश कमिटीको आयोजनामा ४ माघमा काठमाडौंको भृकुटीमण्डपबाट चुनावकेन्द्रित प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । भृकुटीमण्डपबाट जुलुससहित सुरु हुने प्रदर्शन विभिन्न भाग परिक्रमा गरी कमलादीस्थित प्रज्ञा भवनमा चुनावी सभा गर्ने एमालेको निर्णय छ । सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।

सचिव बस्नेतले ६ माघमा उम्मेदवारी दर्तालगत्तै १० दिनभित्र बागमतीका सय पालिकामा युथ भोलेन्टियर्स फोर्स, सबै पालिका तहमा अनेरास्ववियुका कमिटीहरूको पुनर्गठन र विस्तार, टोल सुरक्षा समिति गठन र अर्को १० दिनभित्र सबै बुथकेन्द्रित ‘वन बुथ : हन्ड्रेड युथ’ बुथ सुरक्षा समिति गठन गरिसक्ने बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज