काठमाडौं । बाक्लो हुस्सु र शीतलहरले तराईको जनजीवन प्रभावित भएको छ ।
दिनभरि काम गरेर छाक टार्ने परिवार भोकै बस्नुपर्ने बाध्यताले कठोर चिसोमा पनि मजदुरी गर्न बाध्य छन् ।
झापा, रौतहट, पश्चिम नवलपरासी, कपिलवस्तु, बर्दिया, वीरगन्ज, कञ्चनपुरलगायतका स्थानमा तीन सातादेखि बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । घाम नलाग्दा विपन्न बस्तीका बासिन्दा बढी प्रभावित भएका छन् ।
ज्यालामजदुरी गरेर परिवार धान्नेहरूले भोकै बस्नुपर्ने अवस्था आएको गुनासो गर्न थालेका छन् भने अरुलाई पनि नियमित कामकाज गर्न सास्ती भइरहेको छ ।
प्रभावित बासिन्दाले सरकारले राहत दिन नसकेको गुनासो गरेका छन् ।
