सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौं । १० वर्ष उमेरका करिब साढे तीन लाख बालिकालाई फागुन पहिलो सातादेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ ।

गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ६८८ बालिकालाई खोप लगाइएकोमा यसपटक १० वर्ष उमेर समूहलाई दिन लागिएको हो । यसबाहेक गत वर्ष छुटेका ६ कक्षामा अध्ययन गर्ने १० वर्ष नाघेकालाई पनि खोप अभियानमा समेटिनेछ ।

साढे तीन लाख बालिकालाई खोप प्रदान गर्न लागिएको परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । एचपिभी खोप पूर्ण सुरक्षित भएकाले विश्वस्त भएर सहभागी हुन उनले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज