मङ्ल, कार्तिक ४, २०८३
19.1 C
Kathmandu

भेनेजुएलामा अमेरिकी हमला, राष्ट्रपति मदुरो अमेरिकी कब्जामा

एजेन्सी । अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने घोषणा गरेका छन् । अमेरिकाले काराकासमा हवाई हमला गरेपछि भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गरेको थियो । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराएका थिए । अमेरिकी हमलाबाट भेनेजुएलामा सैनिक र सर्वसाधारण मारिएको त्यहाँको सरकारले बताए पनि मानवीय र भौतिक क्षतिको विवरण यकिन भएको छैन ।

अमेरिकामा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएदेखि नै ट्रम्पले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाएका थिए । मदुरोले अमेरिकामा लागूऔषध तस्करी गराइरहेको आरोप लगाउँदै आएको अमेरिकाले अब न्युयोर्कमा उनीमाथि मुद्दा चलाउदै छ । अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरोको तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिरमा मदुरोको आँखामा कालोपट्टी बाँधिएको छ र हतकडी पनि लगाइएको छ । कानमा भने हेडफोन छ । ट्रम्पले आवश्यक परे भेनेजुएलामा अर्को आक्रमणका लागि अमेरिका तयार रहेको पनि बताएका छन् । ट्रम्पले भेनेजुएलामा उपयुक्त सत्ता हस्तान्तरण प्रक्रिया सुरु हुने तर त्यो पूरा नभएसम्म अमेरिकाले नै शासन गर्ने बताएका छन् ।

अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको विकासको नेतृत्व गर्ने दाबी पनि उनले गरेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज