आइत, अशोज ११, २०८३
20.1 C
Kathmandu

एनपिएलः सुदूरपश्चिम क्वालिफायरमा, विराटनगर र काठमाडौं प्लेअफमा सुरक्षित

काठमाडौं । नेपाल प्रिमियर लिगमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स शीर्ष दुईमा पर्दै क्वालिफायरमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार ६ खेलमा जित निकालेर शीर्ष दुईमा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव १ ओभरमा १२० रनमै अलआउट भयो । लगातार छैटौं जित निकालेको शीर्ष स्थानको सुदूरपश्चिमले १२ अंक जोडेको छ । अब उसले मंगलबार शीर्ष दुईमा पर्ने अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदूरपश्चिमको जितसँगै विराटनगर किंग्स पनि प्लेअफमा पुगेको छ । काठमान्डु गोर्खाजले पनि प्लेअफमा स्थान बनाएको छ । यससँगै सुदूरपश्चिम, काठमान्डु र विराटनगर गरी तीन टोलीले प्लेअफमा स्थान पक्का गरेका छन् ।

अब एक स्थानको लागि चितवनसँगै, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको सम्भावना हुनेछ । लुम्बिनी लायन्स जित हात पारेको खण्डमा भने अरु टोली बाहिरनेछन् ।

लुम्बिनीको हारले भने अरु टोलीको सम्भावना हुनेछ । लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरे प्लेअफमा पुग्नेछ भने चितवनसँगै पोखरा एभेन्जर्स र जनकपुर बाहिरिनेछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज