काठमाडौं । यस वर्षको हिउँदयाममा अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने आकलन गरिएको छ ।
साथै वर्षा पनि कम हुने प्रक्षेपण गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले फागुन १६ गतेसम्म हिउँद अवधिको सम्भावित मौसमी अवस्था सार्वजनिक गरेको हो ।
विभागका अनुसार यस वर्षको हिउँदयाम देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानी पर्नेछ । यस वर्षको हिउँदयाम सरदरमा न्यानो नै हुने छ ।
यद्यपि, हिउँदका सबै दिन न्यानो हुने अर्थमा नबुझ्न मौसमविदहरूले आग्रह गरेका छन् ।
