सोम, कार्तिक ३, २०८३
19.1 C
Kathmandu

शिक्षामन्त्री महावीर पुनलाई मन्त्रालयमै खाने र बस्ने व्यवस्था

काठमाडौं । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका लागि केशरमहलस्थित मन्त्रालयमा खाना र बस्नका लागि व्यवस्थापन गरिएको छ।

उनका लागि बन्दोवस्तीसहित ओछ्यानसमेत तयार भएको छ। भाद्र २४ भएको जेनजी आन्दोलनमा सिंहदरबार स्थित मन्त्रालय आगजनी गरिएपछि मन्त्रालय केशर महलमा सरेको हो।

असोज ६ गते मन्त्रीमा नियुक्त भएपछि पुनले मन्त्रालयमै खाने र बस्ने व्यवस्था गर्न भनेका थिए। सोही अनुसार उनका लागि खाना बनाउन भान्सासहित सुत्ने व्यवस्था मिलाइएको छ ।

मन्त्री पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको सयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन् ।

केशर महलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्ने–खाने बताएका उनले सचिवलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका थिए । उनको निर्देशन बमोजिम मन्त्रालयभित्र भान्सा र सयन कक्ष तयार पारिएको हो ।

सम्बन्धित समाचार

ताजा न्यूज