शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनबाट बिरामी परेर उपचाररत ४० मध्ये १५ जना आइसियूमा छन् ।

कुवेतस्थित नेपाली राजदूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यले थप दुईजना नेपालीको मृत्यु भएको जानकारी आएको र मृतकका परिवारसँग सम्पर्क भइरहेको बताए ।

कतिपयको किड्नीमा गम्भीर समस्या देखिएको छ । अति प्रज्वलनशील मेथानोल मिसिएको मदिरा सेवनबाट नेपालीको मृत्यु भएको कुवेतका सरकारी अधिकारीले नेपाली राजदूतावासलाई जानकारी दिएका छन् ।

कुवेतमा मदिरा प्रतिबन्धित छ । मदिरा बेच्ने र सेवन गर्ने दुवैमाथि कानुनी कारबाही हुँदै आएको छ । नेपाली राजदूतावासले मदिरा सेवन नगर्न नेपाली कामदारका नाममा सूचना जारी गर्दै आएको छ । कुवेतमा एक लाख ६० हजारभन्दा बढी नेपाली छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज