काठमाण्डौं । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को हुन गईरहेको ४६ औँ साधारण सभामा टान निर्वाचन २०२४ को उम्मेदवारी घोषणा सुरु भएको छ ।
जसअन्तर्गत अध्यक्ष पदका प्रमुख दावेदारी देखिएका सागर पाण्डेले उम्मेदवारी दिएका छन् । पाण्डेले आज व्यवसायी समूहको तर्फबाट राजधानीको गोकर्ण हाउस रेस्टुरेन्ट पक्नाजोलमा भएको कार्यक्रममा आफ्नो एजेन्डाहरु प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । भदौ १७ गते अर्थात् (सेप्टेम्बर २ २०२४) मा एलिस रिसेप्सन गैरीधारामा हुन गइरहेको टानको निर्वाचन सहितको वार्षिक साधारण सभामा पाण्डेले आफ्नो जित निश्चित भएको दावी गर्दै सम्पूर्णटिमलाई अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन् ।

उनले आफ्ना एजेन्डाहरु प्रस्तुत गर्दै व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा अक्षय कोषको स्थापना गर्ने, कानुनी परामर्श इकाइको गठन गरेर त्यसबाट पूर्ण व्यवसायीलाई कानुनी परामर्श दिने , बैंकिङ तथा भ्याट र ट्याक्स सम्बन्धिको परामर्श ईकाई गठनको कार्ययोजना अघि सारेका छन्, उनले आफ्नो तीनबुँदे कार्ययोजना प्रस्तुत गर्दै सबै कर्मचारी तथा मजदुर साथीहरूका लागि एवं उद्धार अक्षय कोषको स्थापना गर्ने बताएका छन् ।
पाण्डेले टान सदस्य कम्पनिका कर्मचारी ट्रेकिङ गाइड जुनसुकै बेला घाइते हुने, मृत्युसम्म हुने अवस्था आइपर्ने भन्दै त्यस्तो समयमा सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्ने बाचा गरेका छन, पाण्डेले यस अघि पनि तानको महासचिव जस्तो महत्वपूर्ण पदमा बसेर सफलतापूर्वक काम गरिसकेका छन्।

