काठमाडौं । नेकपा एमालेका २ केन्द्रीय सदस्यले आइतबार शपथ लिएका छन् ।
एमाले पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यद्वय मञ्जु चालिसे र कुन्दन कुसवाहले अध्यक्ष केपी शर्मा ओलीबाट शपथ लिएका हुन्।
गत साउन १७ गते बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराल, दुईजना स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठ र केन्द्रीय कमिटी सदस्यमा १७ जनालाई मनोनयन गरेको थियो।
मनोनित केन्द्रीय सदस्य १७ जनामध्ये अन्यले साउन २० गते नै शपथ लिएका थिए।
