आइत, कार्तिक २३, २०८३
15.1 C
Kathmandu

राष्ट्रिय सभामा टीआरसी विधेयक पेस

काठमाडौं । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएका छ ।
आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन् ।

मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तव सभा समक्ष प्रस्तुत गरे ।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज