आइत, कार्तिक २३, २०८३
15.1 C
Kathmandu

परराष्ट्रमन्त्री राणा पाँचदिने भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा पाँचदिने भारत भ्रमणको सिलसिलामा भारतको नयाँ दिल्ली पुगेकी छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी र नेपाली दूतावासका चार्ज डी अफेयर्स सुरेन्द्र थापाले स्वागत गरे ।

परराष्ट्रमन्त्री राणा आइतबार बिहान काठमाडौंबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी हुन् । भारत भ्रमणका समयमा उनले त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछिन् । साथै, उनी नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी हुनेछिन् ।

सम्बन्धित समाचार

ताजा न्यूज