आइत, कार्तिक २३, २०८३
15.1 C
Kathmandu

दलितलाई विभिन्न बहानामा भेदभाव भइरहेको छ- सांसद विश्वकर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले दलित समुदायमाथि अहिले पनि विभिन्न बहानामा भेदभाव र दमन भइरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद विश्वकर्माले सरकार दलित समुदायमाथि भइरहेको भेदभावमा गम्भीर बन्न नसकेको बन्न सरकारलाई आग्रह गरेका छन् । उनले मन्त्रीपरिषद्मा बस्नेसमेत अधिकार नभएको राज्यमन्त्री बनाएर सरकारले दलित समुदायमाथि अझ अपमान गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले अधिकारमा सीमित राज्यमन्त्री बनाएर थप अपमानित गराउनुभन्दा नबनाएको भए नै राम्रो हुने बताए ।

उनले भने, ‘आज दलितलाई विभिन्न यो वा त्यो बहानामा भेदभाव र दमन भइरहेको छ । हामीले हरेक गाउँमा, हरेक टोलमा हरेक जिल्लामा देखिरहेका छौँ । जहाँ कुटपिट, अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध भइरहेका छन् र त्यसले न्याय पाइरहेको छैन । हामीले पटकपटक भन्ने गरेका छौँ । यस विषयमा सरकार गम्भीर भएको छैन ।’
सांसद विश्वकर्माले नीति निर्माणका उच्च ओहोदामा दलित समुदायलाई नियुक्ति गर्न सरकारसँग माग गरे ।

सम्बन्धित समाचार

ताजा न्यूज