आइत, कार्तिक २३, २०८३
14.1 C
Kathmandu

‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुया तामाङलाई

काठमाडौं । गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन ३’ को उपाधि अनुया तामाङले जितेकी छिन् । शनिबार राति भएको फिनालेमा उनले ट्रफीसहित १० लाख रुपैयाँ हात पारिन् ।

कोच प्रमोद खरेलको टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्। फिनालेमा ८ जना फाइनलिस्टहरुले प्रतिस्पर्धा जनाएको थिए । खरेलको टिमबाट तामाङसहित लाक्पा शेर्पा फिनालेमा पुगेका थिए ।

त्यसैगरी, मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ पुग्दा कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे।

यसअघिका सिजनमा पनि प्रमोदको टिमबाट विजेता बनेका थिए । जेनिस उप्रेती पहिलो सिजनको विजेता बन्दा दोस्रो सिजनको उपाधि स्पन्दन सुब्बाले जितेका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज