आइत, कार्तिक २३, २०८३
12.1 C
Kathmandu

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।

मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

राप्रपा अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की रहेका छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

सम्बन्धित समाचार

ताजा न्यूज