आइत, कार्तिक ९, २०८३
16.1 C
Kathmandu

नवलपुरको खोला किनारमा एक बालक मृत अवस्थामा फेला

काठमाडौं । नवलपुरको कावासोती-४ हसौरास्थित खोला किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन्।

३० महिने सुवास ढुंगाना बुधबार बिहान हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएका हुन्। उनी पूर्व वडाध्यक्ष रामजी ढुंगानाका नाति हुन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बालक मंगलबार बिहान हसौरा नजिकै खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए ।
उनलाई खोलाले बगाएको आशंकामा प्रहरी र स्थानीयले खोजी गरेका थिए। घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज