शनि, कार्तिक ८, २०८३
16.1 C
Kathmandu

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन पनि सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ३ सय र चाँदी २० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुन आज १ लाख ४४ हजार ७ सय र तेजाबी सुन १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। त्यसैगरी चाँदी प्रतितोला १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ।
९ गते बढेको सुन त्यसयता भने घटेको हो । अघिल्लो दिन छापावाल सुन १ लाख ४५ हजार र तेजाबी सुन १ लाख ४४ हजार ३०० तथा चाँदी १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३७० र चाँदी प्रतिऔँस २७ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज