शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

‘प्रधानन्यायाधीश र प्रधानसेनापतिको लाइनमा रहेकाहरुको कुनै न कुनै प्रमाणपत्र नक्कली छ- डा. के सी

काठमाडौं । राजनीतिक विश्लेषक एवं प्रा.डा.सुरेन्द्र केसीले कांग्रेस–एमाले गठबन्धन सरकारले राजनीतिक स्थायित्व दिन नसक्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो गठबन्धन धेरै लामो समय पनि नटिक्ने बताए । प्रा.डा. केसीले आगामी दशैंपछि कांग्रेस–एमाले पुनः मिल्नसक्ने सम्भावना रहेको बताए ।

‘अहिले कांग्रेस–एमाले ठीक छ भनौंला, दशैपछि फेरि पल्टुराम माओवादी र कांग्रेसको गठबन्धन भयो भने त्यतिबेला के भन्ने रु प्रा.डा ज्यू त्यतिबेर यसो भन्नुहुन्थ्यो, अहिले यसो भन्नुहुन्छ अब तपाईँ के भन्नुहुन्छ भनेर पत्रकारले भन्यो भने अनि मैले के जवाफ दिने रु नेपालमा राजनीतिको जे अभ्यास भइरहेको छ । यो ठीक भइराखेको छैन,’– उनले भने ।

साथै, नेपालमा संविधान र प्रणालीमा समस्या नरहेको उनको दाबी छ । प्रा डा केसीले नेताहरुको आचरण र संस्कारमा समस्या रहेको दाबी गरे । नेपालका राजनीतिज्ञहरु पूर्णरुपमा अनैतिक रहेको उनको आरोप छ । उनले काठमाडौंमा मेलम्चीको पानी नआएझैं कांग्रेस–एमाले गठबन्धन सरकारबाट पनि जनताले केही नपाउने उनले बताए ।

साथै, उनले देशको उच्च ओहदामा रहेकामध्ये ९० प्रतिशतको एउटा न एउटा प्रमाणपत्र नक्कली रहेको दाबी गरे । उनले आफूले २० वर्षदेखि यो कुरा भन्दै आएपनि केही कसैले नसुनेको बताए । अब हुने प्रधानन्यायाधीशदेखि प्रधानसेनापतिको लाइनमा रहेकाहरुको पनि कुनै न कुनै प्रमाणपत्र नक्कली रहेको उनको दाबी छ ।

‘पछिल्लो प्रधानन्यायाधिशको लाइनमा जो हुनुहुन्छ, उहाँका सबै प्रमाणपत्रहरु सन्दिग्ध छन्, केरमेट गरिएको छ भन्ने छ । मैले त चानचुन २० वर्षदेखि भन्दै आएको कुरा के हो भने नेपालको माथिल्लो तहका सबै मानिसहरुको, कमसेकम ९० प्रतिशत मानिसहरुको दुईवटामध्ये एउटा कागज नक्कली छ । पहिलो उसको शैक्षिक प्रमाणपत्र नक्कली छ, दोस्रो नागरिकता केरमेट गरिएको छ, नक्कली छ । अहिलेको हुनेवाला प्रधानसेनातिको कुरा पनि त्यही हो । उहाँका दुई तीन वटा प्रमाणपत्रहरु केरमेट गरिएको पाइयो । जन्ममिति हेरफेर गरेकोदेखि लिएर नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा पनि केरमेट गरिएको पाइयो,’– उनले भने ।

सम्बन्धित समाचार

ताजा न्यूज