शुक्र, कार्तिक ७, २०८३
15.1 C
Kathmandu

भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

साउन ८ मा भक्तपुर नगरपालिका–६ डेकोचामा कमलबिनायकतर्फ जाँदै गरेको बामगति प्रदेश–३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा भक्तपुर अस्पतालमा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक हेटौंडा उपमहानगरपालिका–१० घर भएका ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज