काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रमेश लेखक सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल जान लागेका छन्।
बुधबार बिहान ११ बजे दुर्घटनामा परेको विमानबारे जानकारी लिन प्रधानमन्त्री ओली घटनास्थल जान लागेका हुन् ।
दुर्घटनाग्रस्त विमानमा १९ जना यात्रु सवार थिए । त्यसमध्ये विमानका पाइलट मनिष शाक्यको उद्धार गरेर अहिले काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको छ । अन्य १८ जनाको भने मृत्यु भैसकेको छ ।
शवहरू संकलन गरेर त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिँदैछ।
