काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महिला देशको प्रधानमन्त्री भएको हेर्न चाहेको बताएका छन् ।
पार्टी निकट महिला संघको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महिलाहरूलाई नेतृत्व गर्न अगाडि बढ्न आग्रह गरे ।
उनले भने, ‘म महिला प्रधानमन्त्री भएको हेर्न चाहन्छु, आउँदो दिनहरूमा महिला प्रधानमन्त्री पनि बन्ने देखेको छु । महिला प्रधानमन्त्री हुँदा महिलाको मात्रै होइन पुरुषहरूको पनि नेतृत्व गर्ने क्षमता हुन्छ ।’
उनले महिलाको सबै ठाउँमा ५० प्रतिशत सहभागिता गराउनुपर्नेमा जोड दिए ।
