आइत, अशोज ४, २०८३
19.1 C
Kathmandu

गृहमन्त्री लामिछानेको प्रश्न- जब अनुसन्धानको सुई कसैको ढोकामा ढक्ढक्याउन पुग्यो, त्यतिबेला संविधानको याद आयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासकोे मतको प्रस्तावमाथिको छलफलमा उनले रातारात व्यपाारीको घरमा भएको दुई दलबीचको सहमति राष्ट्रिय सहमति बन्न नसक्ने बताए ।

मध्यरातिमा भएको सहमतिबारे कसैलाई जानकारी नगराएकोमा उनको आपत्ति छ । उनले संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो भन्ने तथ्य सहमतिपत्र आएपछि खुल्ने बताए । “जब अनुसन्धानको सुई कसैको ढोकामा ढक्ढक्याउन पुग्यो, त्यतिबेला संविधानको याद आयो ?,” उनले कांग्रेस र एमालेलाई प्रश्न गरे ।

सम्बन्धित समाचार

ताजा न्यूज