प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग असार १७ गते मध्यराति समझदारी भइसकेपछि पनि भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढाँटेको गुनासो गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा पाँचौँपटक विश्वासको मत माग्ने क्रममा उनले ओलीले ढाँटछल गरिरहेको बताए।
‘असार १७ गते राति सहमति भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भएकै छैन भन्नुहुन्छ। म फो शेरबहादुरजीलाई फोन गरेर तीनवटा पार्टी बस्ने हो अनि मात्रै थाहा हुन्छ भन्नुहुन्छ।’ तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको फोटो आयो भन्दा पनि उहाँले कहिलेको फोटो रहेछ भन्नुहुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ढाँटछलको पनि एउटा सीमा हुन्छ निरु
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेपछि मात्रै आफू प्रष्ट भएको पनि बताए।
‘अनि मैले नेपाली कांग्रेसका सभापतिलाई फोन गर्दा, सहमति भएको हो कि के हो ? भनेर प्रश्न गर्दा म ढाँट्न जान्दिन, सहमति भइसक्यो भन्नुभयो। सरि। यो तीनवटा बस्न आवश्यक छैन, अब तीनवटा बसेर के गर्ने भइसक्यो, भइसक्यो भन्नुभयो, आफ्नो शैली। यस्तो शैली अपनाउनुपर्छ दुई ठूला दललेरु,’ उनले भने।
